राष्ट्रपतिले जारी गरिन् दुई अध्यादेश

बैशाख २५, २०७९


राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्।

संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले दुई अध्यादेश जारी गरेकी हुन्।

उनले औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकी हुन्।