भोली राती देखी नेपाल-भारत सिमानाका पुर्ण रुपमा बन्द हुने

बैशाख २६, २०७९


दाङ,२६ बैशाख ।

 नेपाल भारत सिमानाका ७२ घण्टाका लागी पुर्ण रुपमा बन्द हुदैछ । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्येनजर गर्दै भोली (मंगलवार) राती १२ बजेदेखी शुक्रवार राती १२ बजे सम्म सिमानाका पुर्ण रुपमा बन्द हुने भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपुर्ण रुपमा सम्पन गर्नका लागी नेपाल भारत सिमा क्षेत्रमा पुर्ण रुपमा आवतजावत बन्द गरिने भएको छ । सोहि अन्र्तगत जिल्ला प्रशासन कार्यालय बाँकेले एक सुचना जारी गर्दै मित्र राष्ट्र भारत संग जोडिएका सबै सिमा क्षेत्र बन्द हुने जानकारी दिएको छ ।