पाल्पामा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ

असार १३, २०७९


पाल्पा, १३ असार ।

पाल्पामा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालीका ६ बस्ने बर्ष ३१ का भत्त बहादुर झेडी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार झेडीले पाल्पा रिब्दीकोट गाउपालीका बस्ने १२ बर्षीय बालिकालाई सामुदायिक जंगलमा लगी जबरजस्ती करणी गरेको आरोपमा पिडित बालिकाको आमाले हिजो आइतबार जाहेरी दिएको प्रहरीले बताएको छ । प्रहरीले आरोपित झेडीलाई नियन्त्रणमा लिर्ई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।