बिधालयप्रति अभिभावकले चासो बढाइदिन दंगिशरण अध्यक्ष गिरिको आग्रह

असार १३, २०७९


दंगिशरण असार १३, अभिभावकहरु महिनामा कम्तिमा १ पटक बिधालयमा पुगेर विद्यार्थीको शैक्षिक अबस्था बुझिदिन दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरिले अभिभाबक हरुलाइ आग्रह गर्नुभयो । बिरेन्द्र नमुना माध्यमिक बिधालय हेकुलिको आयोजनामा आयोजित सैक्षिक सत्र २०७९ को प्रथम अभिभावक भेलामा अध्यक्ष गिरिले एस्तो बताउनुभएको हो । सरकारि बिधालयलाइ सरकारले थुप्रै लगानि गरेकालेपनि लगानिको सहि प्रतिफल प्राप्त गर्न अभिभावकले चासो र सक्रियता बढाइदिनपनि आग्रह गर्नुभयो । उल्लेखनीयको संख्यामा उपस्थित अभिभावकहरुको अभिभावकभेलामा अभिभाबक विद्यार्थी, शिक्षक र शिक्षासङ्ग सरोकार राख्ने ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।शिक्षाको गुणस्तर बढाउन र नमुना बिधालयको रुपम बिरेन्द्र नमुना माद्यामिक बिधालय छनोट भएकाले पनि अझै पस्चिम दाङमै बिधालयलाइ कसरि सैक्षिक हबको रुपमा बिकास गर्न सकिन्छ भन्ने उदेश्यकासाथ अभिभाबकभेलाको आयोजना गरिएको विद्यालयका प्र.अ.खिमराज खनालले जानकारी दिनुभयो ।अभिभावकभेलामा गाउँपालिका अध्यक्ष पिमा खड्काले सरकारि बिधालयप्रति अभिभावकको चासो बढाउन र शिक्षामा गुणस्तर बढाउनपनि अभिभावकहरुले बिद्यार्थीहरुप्रति लगानि गर्नुपर्ने कुरामा जोडदिनुभयो । यस्तै दंगिशरण गाउँपालिकाका शिक्षा युबा तथा खेलकुद बिकास साखा दंगिशरणका प्रमुख बिनोद अधिकारिले अभिभावकहरुले आफ्नो बालबालिका हरुलाइ नियमितरूपमा बिधालयमा पठाइदिने बाताबरणको निर्माण गरिदिन आग्रह गर्नुभयो । यस्तै शिक्षा प्रमुख अधिकारीले बिधालयमा यस्ता बृहत अभिभावकभेला बर्षमा कम्तीमा ३ पटक सम्म गर्नुपर्ने सुझाव समेत दिनुभयो ।बिधालयका शिक्षक दिनेश कुमार रेग्मिको स्वागत मन्तव्यबाट शुरुभएको अभिभावकभेलाको सहजिकरण बिधालयका शिक्षक लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।