तुलसीपुरको महोत्सव स्थगित बाणिज्य संघको आन्दोलन फिर्ता

मङि्सर १५, २०७९


मंसिर १५, युथ्स अफ तुलसीपुरले आजदेखि लगाउने भनिएको महोत्सव हाललाई स्थगित भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले विरोध गरेपछि तत्काललाई महोत्सव नलाग्ने भएको हो । उद्योग वाणिज्य संघ र आयोजकबिच ४ बुंदे समहतिमा महोत्सव हाललाई स्थगित गरिएको हो । यदि आयोजकले पुन : मेला महोत्सव संचालन गर्न चाहेमा मेला महोत्सवमा राख्नुपर्ने व्यापारिक सरसामानहरुको लिस्ट उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले तोके बमोजिम हुने र उक्त लिस्टको विवरण ५ दिन भित्र तुलसीपुर उपमहानगरपालिकामा उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्शले पेश गर्नु पर्ने गरी उद्योग वाणिज्य संघ र मेला आयोजकबिच सहमति भएको छ । त्यस्तै आउदाँ दिनहरुमा उद्योग वाणिज्य, व्यापार व्यवसायसंग सम्बन्धित मेला महोत्सवहरु संचालन गर्न तुलसीपुर उपमहानगरपालिकाबाट कार्यविधि बनाएर लागु गर्नु पर्ने र कार्यविधि स्वीकृत गरेर लागु नभएसम्म कुनै पनि व्यक्ति, संघ संस्था आदिबाट कुनै पनि किसिमका व्यापारिक मेला महोत्सवहरु संचालन गर्न नपाउने सहमति भएको नगरप्रमुख टिकाराम खडकाले जानकारी दिनु भयो ।

त्यस्तै कार्यविधि स्वीकृत नभएसम्म कुनै पनि किसिमका व्यापारिक मेला महोत्सव लगाउन आवश्यक देखिएमा तुलसीपुर उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्श तथा घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको सिफारिसमा तुलसीपुर उपमहानगरपालिकाले अनुमति दिनु पर्ने सहमति भएको छ । मेला लगाउन नदिनका लागि तुलसीपुरका व्यवसायीहरु बुधबारदेखि विरोध गर्दै आएका थिए । विरोध स्वरुप तुलसीपुर बजार नै बन्द गराएका थिए । बिहीबार तुलसीपुर उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, व्यापारी लगायतले तुलसीपुर उपमहानगरपालिकामा तालाबन्दी समेत गरेका थिए ।

सो अबसरमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरि प्रमुख बिबहादुर वलि, तुलसीपुर उद्योग बणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,महासचिब बिनिल केसि, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ति, क्लबका अध्यक्ष अरुण लहरे लगायतको सहभागिता रहेको थियो । तुलसीपुरमा आपसि द्वन्द सृजना हुने बातावरणतय भएको भन्दै स्थानिय सरकारको रुपमा रहेको उपमहानगरपालिकाले मेला बन्द गर्ने निर्णय गरेको हो । यसैबिच दुईदिन सम्म ब्यापार ब्यबसाय बन्द गरेर उधोग बाणिज्य सङघले नेतृत्व गरेको आन्दोलनमा एक्यबदद्दता जनाउनुहुने सम्पुर्ण ब्यबसायि, पत्रकार, सुरक्षाकर्मि, तुलसीपुर उपमहानगरपालिका, प्रशासन सबै प्रति धन्यवाद ज्ञापन गरिएको छ । तुलसीपुर उधोग बाणिज्य सङघका अध्यक्ष रामप्रसाद चालिसे र महासचिब बिनिलले बिहिबार सयुक्त बिज्ञप्ति जारि गरि आन्दोलनमा सहयोग गर्नुहुने सबै तह र तप्कालाई सबैमा धन्यवाद प्रकट गरिएको छ ।साथै बिज्ञप्तिमा बन्दबाट आम सर्बसाधारणहरुमा परेको असुबिधा प्रति क्षमा याचना समेत गरिएको छ ।