सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान माओवादी केन्द्रको पदाधिकारी बैठक बस्‍दै

मङि्सर १७, २०७९


मंसिर १७, नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । गठबन्धन सरकारमा माओवादीले दाबी गर्ने पदको खाकामा छलफल तथा चुनावी समीक्षा बैठकको प्रमुख एजेण्डा छ, साहले भने
२०७४ सालको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ।

प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन ।बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए ।