पूर्वप्रधानमन्त्री भट्टराईको आज स्वास्थ्य परीक्षण हुँदै

फागुन १०, २०७७


जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसुमा स्वास्थ्य परीक्षण हुँदैछ ।

आज दिउँसो १:३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ । स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्शपश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।

#बावुराम भट्टराई