फाल्गुन १६ सम्म निर्बाचनको सम्पूर्ण कार्यक्रम रोक्न तुलसीपुर खानेपानीलाई उच्च अदालतको आदेश

फागुन १३, २०७७     चेतन रेग्मी




तुलसीपुर खानेपानी तथा उपोभोक्ता समितीको आउदै गरेको निर्बाचनका कार्यक्रम रोक्न उच्च अदालतले आदेश जारी गरेको छ । फाल्गुन २२ मा हुन गई रहेको खानेपानीको निर्वाचनमा सधारण सभा समेत नबोलाई निर्वाचन हुन लागेको भन्दै निर्वाचन कार्यक्रम रोकि पाउ भनी परेको निबेदनमा उच्च अदालतका न्यायाधिश रमेशराज पोखरेलको एकल इजलाशले बिहीवार दिउँसो तत्कालका लागि फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धि कुनैपनि गतिबिधि सञ्चालन नगर्न ओदश दिएको अदालतका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।