नबनिर्बाचित अध्यक्ष चालिसे महासघंको आमन्त्रीत सदस्यमा मनोनित

फागुन १४, २०७७     शरद रेग्मी



तुलसीपुर उधोग बाणिज्य सघंका नबनिर्बाचित अध्यक्ष रामप्रसाद चालिसे नेपाल उधोग बाणिज्य महासघं अन्तर्गत कृषि उधम केन्द्र संचालक समितिको आमन्त्रीत सदस्यमा मनोनित हुनु भएको छ ।
महासघंका केन्द्रिय सदस्य एवम कृषि उधम केन्द्रका सभापति अरुण राज सुमार्गिले नेपाल उधोग बाणिज्य महासघं,टेकुमा एक कार्यक्रमको आयोजना गरि नबनिर्बाचित अध्यक्ष चालिसेलाई बधाई ज्ञापन गर्नु भएको हो ।
यता नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष शेखर गोल्छाले तुलसीपुर उधोग बाणिज्य सघंका नबनिर्बाचित अध्यक्ष रामप्रसाद चालिसेलाई बधाई ज्ञापन गर्नुभएको छ ।
शुक्रबार साझ महासघंका कार्यकारिणि सदस्यहरुको सम्मानमा होटल रेडिसनमा आयोजित रात्रीभोज कार्यक्रममा अध्यक्ष चालिसेलाई सम्मान गरिएको थियो ।
सो अबसरमा बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला नगरका उपाध्यक्ष दिनेश श्रेष्ठ,लुम्बिनि प्रदेशका अध्यक्ष कृष्ण शर्मा लगायतले अध्यक्ष चालिसेलाई सम्मान गर्नुभएको थियो ।