ऐतिहासिक भोटेमेला-२०७७ प्रचारप्रसार सम्बन्धमा छलफल

फागुन १७, २०७७


१७ फागुन, तुलसीपुर ।
यही फागुन २६ गतेदेखि चैत २ गतेसम्म संचालन हुन लागेको ऎतिहासिक भोटेमेला-२०७७ को प्रचारप्रसारलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल सम्पन्न भएको छ। प्रचारप्रसारको जिम्मा लिएको चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आज तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर के.सी.,भोटेमेलाका साँस्कृतिक संयोजक दिपक कुमाल, चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी र संघका संस्थापक उपाध्यक्ष चेतन रेग्मीको उपस्थितिमा छलफल भएको थियोे।

आन्तरिक पर्यटन प्रवर्द्धनको लागि आयोजना गरिएको ऎतिहासिक भोटेमेला ६ दिनसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को कालाखोलामा सन्चालन हुनेछ।तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय संरक्षक रहेको भोटेमेलाको आयोजक भने तुलसीपुर एक्सप्रेस प्रा.लि. रहेको छ।

ऎतिहासिक भोटेमेला-२०७७ को प्रचारप्रसारलाई व्यवस्थित एवं प्रभाकारी बनाउन चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले संघका उपाध्यक्ष सन्तोष के.सी.को संयोजनमा राजेश खत्री,मिना खड्का,आशिष के.सी. र भुपेश ओली सदस्य रहेको ५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ।साथै संघले सबै संचार माध्यम र संचारकर्मीलाई भोटेमेलाको समाचार सम्प्रेषण गरि सहयोग गरिदिन अनुरोध गरेको छ।

चलचित्र पत्रकार संघ नेपाल,दाङका अध्यक्ष शिव पुनको अध्यक्षता र वडा नम्बर ७ का वडा अध्यक्ष टोप बहादुर के.सी.विशेष उपस्थितिमा कार्यक्रम भएको हो।