असोज १ गतेबाट ऋषिको ‘चुरीफुरी’ रिलिज हुने

चैत २९, २०७७


काठमाडौ २९ चैत ।

‘ड्रीमगर्ल’ फेम्ड निर्देशक ऋषिराज आचार्य निर्देशित चलचित्र ‘चुरीफुरी’को फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। यो चलचित्र आउँदो बर्षको असोज १ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

सोसल कमेडी जनरामा निर्मित चलचित्रको फस्टलुकमा डेब्यू कलाकार अभिषेक श्रेष्ठको साथमा पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरविर पण्डित देखिएका छन् ।

आरबी मुभिजको ब्यानरमा रिना ढकाल र निर्देशक आचार्यको लगानी रहेको चलचित्रलाई राहुल राइले छायांकन गरेका हुन् । बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा सह–निर्माता रहेको यो चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, बिश्व नेपाली र बेनीशा पौडेललको स्वर छ ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रमा बिजय आचार्यको कला निर्देशन तथा नवीन निरौलाको सम्पादन र कलर ग्रेडिङ छ । चलचित्रले मनोरञ्जनका साथै सन्देश पनि दिने निर्देशक आचार्यले बताए ।