अफगानिस्तानबाट एक सय २७ नेपाली काठमाडौं आइपुगे

भदौ ०१, २०७८


अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमान मार्फत् आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार जजिरा एयरलाइन्स मार्फत् उनीहरू आज बिहान १० बजेर १६ मिनेटमा विमानस्थल आइपुगेका हुन् ।