दृष्टिबिहिन परिवारलाई ५० हजार सहयोग

असोज २५, २०७८


तुलसीपुर, अशोज २५ : तुलसीपुरमा बिगत १० बर्ष देखि निकै कस्टकर जिवन बिताईरहेका एकै घरपरिवारका चार जना दृष्टिबिहिन परिवारलाई दशैको अबसरमा अमेरिका बाट थप ५० हजार सहयोग भएको छ । रिपोर्टस कल्ब दाङको सरक्षणमा तुलसीपुरमा बस्दै आएका पाचजना दृष्टिबिहिन परिवार लाई आज सोमबार तुलसीपुर ९ बेलुवा निवासि समाजसेवि भोजराज भण्डारि र आामा अनितादेबि भण्डारिका छोरा दिपक भण्डारिले अमेरिका बाट दृष्टिबिहिन परिवारलाई दशैको अबसरमा नगद ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । बडा दशैको अबसरमा रिपोर्टस क्लबका अध्यक्ष शरद रेग्मीको उपस्थितमा सोमबार करिब साझ ८ बजे दृश्टिबिहिन गणेश र आमा रुपा गन्दर्भको घरमै पुगेर भण्डारि परिवारले सो रकम हस्तान्त्रण गरेका थिय । सो अबसरमा दृश्टिबिहिन गणेश गन्दर्भले रिपोर्टस क्लबले बिगत १० बर्ष देखि निरन्तर दशैको अबससरमा आफुहरुलाई सहयोग गर्ने गरेको भन्दै दशैको अबसरमा अमेरिका बाट सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरेका थिय ।
यस अघि आईतबार रिपोर्टस क्लबको समन्वयमा गन्धर्ब परिवारको घरमै पुगेर खाधान्न सहित नगद रकम उपलब्ध गराएको थियो । केहि नगद रकम र खाधान्न घरमै पाएका गन्दर्भ परिवारले दशै आएको अनुभुति गरेको भन्दै खुसिले प्रफुल्ल भएर दशै बिशेष गित समेत प्रस्तुत गरेका थिय ।