यी हुन हालसम्म विश्वकपमा छनोट भएका ११ मुलुक

कार्तिक ३०, २०७८


कात्तिक ३०, आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली छानिएका छन् । ३२ टिम सहभागी हुने प्रतियोगिताका लागि छनोट खेलहरू धमाधम भइरहेका छन् । युरोपियन छनोटबाट हालसम्म ९ वटा देश छनोट भइसकेका छन् । यस्तै दक्षिण अमेरिकन छनोटमा ब्राजिल मात्र हालसम्म छनोट भएको छ ।

यस्तै युरो च्याम्पियन इटालीले विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने भएको छ । सोझै छनोट हुने मौका सोमबार राति गुमाएसँगै इटालीले आगामी मार्चमा प्लेअफ खेल्नेछ । युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४-० को सानदार जित निकाल्दा गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

यो सँगै स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता हुँदै विश्वकपमा छनोट भएको हो । विश्वकपमा सोझै छनोट हुने आशा गरिएका केही राम्रा टिम प्ले अफमा धकेलिएका छन् । इटाली र पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन् । प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ । प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

यी हुन् विश्वकपमा हालसम्म छनोट भएका टिम

कतार- आयोजक
जर्मनी- युरो छनोट समूह जे विजेता
डेनमार्क- युरो छनोट समूह एफ विजेता
ब्राजिल- दक्षिण अमेरिकन छनोट
फ्रान्स- युरो छनोट समूह डी विजेता
बेल्जियम- युरो छनोट समूह ई विजेता
क्रोएसिया- युरो छनोट समूह एच विजेता
स्पेन युरो- छनोट समूह बी विजेता
सर्विया युरो- छनोट समूह ए विजेता
इङ्ल्याण्ड युरो- छनोट समूह आई विजेता
स्वीटजरल्याण्ड- युरो छनोट समूह सी विजेता