दाङबाट नेकपा(बहुमत) पार्टीका संयोजक बास्तोला पक्राउ

बैशाख २९, २०७९


तुलसीपुर
२९ वैशाख / नेकपा कम्युनिष्ट पार्टीका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान ५ बजे दाङको भालुवाङबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ ।

सोहि पार्टीका नेता गुणराज लोहनीले बास्तोलाको गिरफ्तारी षडयन्त्रपूर्वक भएको भन्दै तुरुन्त रिहाइको माग गरेका छन् ।