गाउँपालिका अध्यक्षका उम्मेदवार बाँठाको गाडिले किच्दा एक बृद्ध गम्भिर घाइते

बैशाख ३०, २०७९


नेपाली कांग्रेसका तर्फबाट रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्षका उम्मेदवार जनककुमार बाँठाको गाडिले किच्दा एक बृद्ध गम्भिर घाईते भएका छन् । बाँफिकोट गाउँपालिका वडा नम्बर ७ ढारवाङको नेपाल राष्ट्रिय मावि मतदान स्थलमा भोट हाल्न आएका अन्दाजी ६० वर्षिय पर्जे खत्रीलाई अध्यक्षका उम्मेदवार बाँठाकाे गाडिले किचेको प्रत्यक्षदर्शिले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले कांग्रेस उम्मेदवारले प्रयाेग गरेकाे गाडिले ठक्कर दिएकाे र त्यसपछि केही समय मतदान राेकिएकाे बताउनुभयाे । घटनापछि मतदान स्थलमा तनावपूर्ण अवस्थ सृजना भएकाे उहाँकाे भनाइ छ । राेकिएकाे मतदान अझै सुचारू हुन सकेकाे छैन् । घाईते खत्रीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजादे गरिएको बताईएको छ ।