सल्यानको त्रिवेणीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

जेठ ०२, २०७९


सल्यान २ जेठ।

सल्यानको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

कांग्रेसका खिमबहादुर रावत ३३६९ मतका साथ विजयी भएका हुन् । उनले एकीकृत समाजवादीका डिल्लीबहादुर केसीलाई पराजित गर्दै विजयी भए । केसीले २०१७ मत पाए ।

त्रिवेणीमा एमाले भने तेस्रो भएको छ । एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्रसिंह खड्काले १७९६ मत ल्याए ।

उपाध्यक्षमा पनि कांग्रेसकै सीता खड्का ३१८६ मतका साथ विजयी भइन् । उनकी प्रतिद्वन्द्वी माओवादीका राजेन्द्रकुमार थापाले २०३५ मत पाए भने एमालेकी कलावती वलीले १८१९ मत ल्याइन् ।