दङ्गिशरण गाउँपालिकामा पारिवारिक बिबरण संकलन आज बाट गरिदैँ

असार ०९, २०७९


प्रमोद आचार्य । दङ्गिशरण असार ९, दङ्गिशरण गाउपालिकाको पारिवारिक बिबरण संकलन लागि स्वयंसेवि गणक आज देखि परिचालन हुदै । दङ्गिशरण गाउँपालिकाको एकीकृत बस्तुस्थिति बिबरण तयारिका लागि स्वयमसेवि गणक आज देखि परिचालन गरिदै छ । घरपरिवार सर्बेक्षण, संस्थागत सर्बेक्षण तथा सहभागितामुलक लेखाजोखा सर्बेक्षणको माध्यम बाट तथ्यांक तथा सुचना संकलन गरिने छ । स्वंयमसेवि गणकहरुले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको मोबाइल एप्लिकेसन प्रयोग गरि घरघरमा पुगि तथ्यांक संकलन गर्दैछ्न ।

साथै सुचना तथा प्रबिधिमा आधारित एकीकृत बस्तुस्थिति बिबरण प्रणाली मन्त्रालयले उपलब्ध गराएको दाङ्गिशरण गाउपालिकाका सुचना प्रबिधि अधिकृत युबराज रिजालले जानकारि दिनुभयो । सहि र सत्यतथ्य तथ्यांक वा सुचाना आयमा बास्तबिक बस्तुस्थिति झल्कने पार्स्वचित्र निर्माणमा सहयोग पुग्ने भएकाले यस कार्यमा सहयोग गरिदिन गाउँपालिकाले गाउँ/नगरमा कार्यरत विकास साझेदार, गैसस, नागरिक सामाज, जनप्रतिनिधि र सहयोगि संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसबैमा अनुरोध समेत गरेको छ ।