कृष्ण जन्माष्टमीमा अनमोल स्टारर ‘छड्के २’को मुहूर्त

भदौ ०३, २०७९


काठमाडौं । अनमोल केसी मुख्य भुमिका रहने चलचित्र ‘छड्के २’ फ्लोरमा गएको छ।कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसंगै चितवनबाट चलचित्रको छायांकन शुरु भएको छ।

निगम श्रेष्ठले एक्सन-कट गर्ने चलचित्रमा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ ।
निगमकै लेखन रहेको चलचित्रका अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र लक्ष्मण काफ्ले फिल्मका निर्माता हुन् ।

‘छड्के २’को चितवन र मुस्ताङमा छायांकन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।