तुलसीपुरमा एका बिहानै सीक्री लुट्ने रंगे हात पक्राउ

असोज १५, २०७९


तुलसीपुर,१५ असोज ।
दाङको तुलसीपुर बसपार्कमा एका बिहानै सुनको सीक्री लुट्ने एक जनालाई रंगेहात पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विरगंज घर बताउने करिब ११ बर्षको संदिप राय रहेको बसपार्क प्रहरी विटका इन्चार्ज सन्तोष आचार्यले जानकारी दिनुभयो ।

तरकारी किन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा निबासी शोभा बुढाथोकीले घाँटीमा लगाएको सुनको सीक्री लुटेर भाग्ने क्रममा स्थानीयले घेरा हालेर पक्राउ गरेका थिए । पक्राउ परेका संदिपलाई स्थानीयले कुटपिट गर्दै बस पार्क प्रहरीलाई बुझाएका थिए ।

पछिल्लो समय विभिन्न चोरीका घटनामा सबैभन्दा बढी बालबालिकाको संलग्ता रहेको पाइएको छ । बालबालिका भएकै कारण प्रहरीले हिरासतमा राख्न नपाउने भएकाले उनिहरु चोरीमा सक्रिय रहने गरेको स्थानीयको बुझाई छ ।