सल्यान प्रदेस सभा (ख) मा सुरेश अधिकारीको पक्षमा जनलहर । यस्ता छन जित्ने आधार ?

मङि्सर ०१, २०७९


सल्यान १ मंसिर । सल्यानमा प्रदेस सभा ञखझ का उम्मेद्वार सुरेश अधिकारीको पक्षमा जनलहर देखिएको छ । चुनावी प्रचार प्रसारका क्रममा गाउँ गाउमा पुग्ने क्रममा मतदाताले देखायको माया र उपस्थितिले त्यस्तो देखायको हो । सल्यान शारदा नगर २ का स्थाई वासिन्दा, चुनाव जिते वर्षमा ३६५ दिन नै आफ्ना मतदाताको सुख दुखमा साथ दिन सक्ने तथा यस अघी शारदा नगरपालिकाको मेयर हुँदा गरेका जनप्रिय कामले गर्दा उनको पक्षमा जनलहर आयको मतदाताहरुले आकलन गरेको छ ।

कपुरकोट गाउपालिका- ६ का मतदाता रवि वि.सि.ले यसपाली आफुले शुरेस अधिकारीलाई जिताउन रुख चिन्हमा मतदान गर्ने वताए । २०७४ को निर्वाचनमा पहिलो पटक एमालेमा भोट हालेका उनले यसपाली एमालेको उम्मेद्वार सल्यानको स्थाई वासिन्दा नभएको, चुनाव जिते पछि जनताको सुख दुखमा भन्दा पनि आफ्नो सुख सयलमा लाग्ने संभावना देखेको हुँदा रुखमा मतदान गर्ने निधो गरेको वि.सि.ले वताए । त्यस्तै छत्रेश्वरि ४ का मतदाता रोमहर्ष शर्माले पहिलो पटक मतदान गर्दैछन् उनको पनि त्यस्तै भनाइ रहेको छ । वलिले भने एमालेका उम्मेद्वार गुलाव जंग शाहको छवि त्यती राम्रो नभएको, विगतमा विभिन्न काण्ड सार्वजनिक भएको र आफ्नो क्षेत्र १ मा हाल वहालवाला प्रदेस सांसद हुँदा कुनै विकास निर्माणका काम नगरेको तथा जनताको सुख दुखमा साथ नदिएको हुँदा यसपाली सुरेस अधिकारीलाई मत दिएर विजयी वनाउने सोच वनाएको वताए ।

यश अघि शारदा नगरपालिकाको मेयर हुँदा अधिकारीले कुनै खालको लोभ, लालच, मोह, परिवारवाद सहित अन्य कुनै पनी खालको लालसा नदेखाएको । त्यस्तै मेयर हुनु भन्दा आगाडी जिल्ला बिकास समितिको उप सचिव रहदा समेत समग्र सल्यानी जनताको माग र चाहना अनुसार काम गरेका कारण पनि उनले प्रतिस्पर्धा विना चुनाव जित्ने काग्रेसका नेता सुशील शाहले वताए । शाहका अनुसार अधिकारी कहिल्यै पनि कसै प्रति भेदभाव नगर्ने, सवैलाई समान व्यवहार गर्ने, परेको वेला फरक दलका जनतालाई समेत सहयोग गर्ने, लोभ, लालच नभएको, विवादमा नपरेको व्यक्ति हुन । शाह भन्छन गठवन्धन दल त आफ्नो भैहाल्यो त्यो वाहेक पनि प्रतिस्पर्धि दल एमालेका धेरै साथिहरुले प्रदेस सभा ख मा सुरेश अधिकारीलाई मत दिनुहुन्छ, त्यसैले हामिले अत्यधिक मतले चुनाव जित्दैछौ ।