दाङ कांग्रेस क्षेत्र न.२ ले वडाबाट निर्वाचनको प्रतिवेदन माग गर्ने

मङि्सर १३, २०७९


दाङ १३, मंसीर नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले मंसीर ४ गते सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पार्टि र उमेद्वारका विरुद्धमा भएको गतिविधीहरुको हरेक वडाहरुबाट प्रतिवेदन माग गर्ने भएको छ । क्षेत्रीय समितिको बैठकले निर्वाचनको समीक्षा गर्दै २७ वटै वडाहरुबाट प्रदेश निर्वाचन क्षेत्रीय समितिमार्फत वडामा पत्राचार गरेर आधारसहितको प्रतिवेदन माग गर्ने निर्णय गरेको हो । क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकलले निर्वाचन सफल रुपमा सम्पन्न गर्नकालागी महत्वपूर्ण भूमीका निर्वाह गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको छ ।

निर्वाचनको समीक्षा गर्दै निर्वाचन सफल बनाउनकालागी भूमीका खेल्ने सम्पूर्ण राजनितिक दल, निर्वाचन कार्यालय, सुरक्षा निकाय, पत्रकार, मानवअधिकारकर्मी लगायत पार्टिका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, पालिका, वडा, टोल समिति, क्षेत्रीय प्रतिनिधी, त्रियाशील सदस्य लगायत मतदाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । यस्तै बैठकले नेपाली कांग्रेस दाङका कर्मचारी हेमा बि.सीको ममतामयी आमा घोराही उपमहानगरपालिका १६ निवासी टीकाकुमारी बुढाथोकीको मंसीर ४ गते ५६ बर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै मृतकको आत्माको चिरशान्तिको कामनासहित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।