शिक्षा निति सुधार गर्नुको बिकल्प छैन : अध्यक्ष हमाल

पुष ०३, २०७९


पुस ३, नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डव हमालले नेपालमा शिक्षा निति सुधारको बिकल्प नभएको बताएका छन् । रिपोर्टस क्बल दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले दुरदराजका विद्यालयहरुको अवस्था हेरेर समग्र निति सुधार गर्न राज्यको ध्याणाकर्षण गराएका हुन् ।

त्यस्तै उनले सरकारले शिक्षालाई उचित रुपमा मुल्यांकन गर्न नसकेको आरोप पनि लगाएका छन् । जबसम्म सरकारले शिक्षालाई संस्कार र संम्वृद्धको रुपमा अगाडी बढाउन सक्दैन तबसम्म मुलुकले सम्बृद्दि हासिल गर्न नसक्ने जिकिर गरेका छन् । शिक्षा र विद्यार्थीलाई उच्च प्राथमिकता दिनु पर्नेमा जोड दिए । साथै उनले ९ औं संसोधित शिक्षा ऐनको कार्यान्वयन अन्तिम चरणमा पुगेको समेत बताए ।

त्यस्तै उनले कानुन मन्त्रालय र अर्थ मन्त्रालयबाट अहिले शिक्षा समितिमा आईसकेको र त्यसको शिक्षा ऐनको मस्यौदा लेख्नको काम सकाएर बुझाएको पनि बताए । रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेशनल प्याब्सनका निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, उपाध्यक्ष सुबोध कुमार डाँगी, दाङ जिल्ला अध्यक्ष बिमल गौतम लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष केसीले गरेका थिए ।