नेपाल काँग्रेस दाङले स्थापना दिवस मनाउने

पुष ०६, २०७९


नेपाल काँग्रेस दाङले स्थापना दिवस मनाउने भएको छ । नेपाली काँग्रेस दाङको जिल्ला कार्य समितीको बैठकले आउदो चैत २७ गते स्थापना दिवस तथा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको नेपाली काँग्रेस दाङका सचिव अर्जुन योगीले जानकारी दिए । स्थापना दिवसको अवसरमा प्रजातान्त्रीक आन्दोलनमा सहभागि तथा नेपाली काँग्रेसको स्थापना गर्न सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिने भएको सचिव योगीले बताए । दिवसको अवसरमा रचनात्मक कार्य अन्र्तगत रक्तदान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

बैठकले वडा, पालिका, प्रदेश सभा क्षेत्रीय तथा संघिय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलनका लागि समय समेत निर्धारण गरेको छ । वडा सम्मेलन पुस मसान्त सम्म, पालिका सम्मेलन माघ १५ सम्म, प्रदेश सभा निर्वाचन क्षेत्रीय सम्मेलन माघ मसान्त सम्म र संघिय प्रतिनिधि सभा क्षेत्रीय सम्मेलन फागुन मसान्त सम्म गरि सक्ने जिल्ला कार्य समितीले निर्णय गरेको छ । तोकिएको समयमा सम्मेलन गर्न समेत आग्रह गरिएको छ । सम्मेलनले विगतका समिक्षा गदै आगामी योजना निर्माण गरेर अगाडि बढने काँग्रेसले जनाएको छ । बैठकले प्रदेश सभा तथा संघिय सरकारमा गठवन्धनका तर्फ बाट साझा उम्मेद्वार भएर विजयी भएकाहरुलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

साथै निर्वाचनमा साझा उम्मेद्वारलाई विजयी बनाउन भुमिका खेल्ले सम्पुर्ण प्रति कृतज्ञाता व्यक्त गर्ने निर्णय गरेको सचिव योगीले बताए । यसैगरेर स्वर्गीय खुमवहादुर खड्काको स्मृतिमा हरेक वर्ष आयोजना गरिने भलिवल प्रतियोगीता यही माघ २० गते देखि सञ्चालन गर्न निर्णय समेत गरेको छ । प्रतियोगीतालाई व्यवस्र्थीत रुपमा सञ्चालन गर्नका लागि १ करोडको अक्षय कोषको स्थापना गर्ने समेत काँग्रेसको जिल्ला कार्य समितीले निर्णय गरेको छ । उक्त रकम वाट आउने व्याज वाट हरेक वर्ष प्रतियोगीता सञ्चालन हुने छ । यसले कार्यक्रमलाइ व्यवस्र्थीत रुपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अक्षय कोषमा सहयोग गर्न चाहने सबैलाइ सहयोग गर्न समेत नेपाली काँग्रेस दाङले जनाएको छ । बैठक नेपाली काँग्रेस दाङका जिल्ला सभापती शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको थियो ।