सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन प्रचण्डको निर्देशन

फागुन २१, २०७९


फागुन २१, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । माओवादी सुदूरपश्चिम संसदीय दलले पत्र लेखेपछि दाहालले आठ दलीय गठबन्धन जोगाउन विश्वासको मत दिन निर्देशन दिएका हुन् ।

सुदूरपश्चिम दलका नेता खगराज भट्टले विश्वासको मत दिनू आठ दलीय गठबन्धन कायम राख्नु, सरकार जोगाउनू’ भन्ने निर्देशन पार्टी अध्यक्ष प्रचण्डबाट आएको बताए । प्रचण्डको निर्देशनपछि अहिले माओवादी दलको बैठकले निर्णय गर्ने बुझिएको छ ।मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् ।