दाङमा ट्रकको ठक्करले मोटरसाइकलमा सवार २ जनाको मृत्यु

बैशाख ०४, २०८०


वैशाख ४, दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका- ११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार सोही ठाउँका १७ वर्षीय गोपाल वि.क. रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमका अनुसार सोमबार दिउँसो घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले खैराचोकमा लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गौतमले जानकारी दिए ।