पीएसजीद्वारा प्रशिक्षक बर्खास्त

पुष १०, २०७७


पेरिस — फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार प्रशिक्षक थोमस टुचाललाई बर्खास्त गरेको छ । फ्रान्सेली लिग वानको अघिल्लो दिन स्ट्रसवर्गमाथि प्राप्त गरेको ४–० जितपछि उनी बर्खास्तीमा परेका हुन् ।

सन् २०१८ को जुनबाट उनले पीएसजी सम्हाल्न सुरु गरेका थिए । ४७ वर्षिय टुचालको नेतृत्वमा पीएसजीले दुई लिग उपाधि र एक/एक फ्रेन्चकप र फ्रेन्च लिग कप जितेको छ । गत सिजनमा टुचालले पीएसजीलाई पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिगको फाइनलसम्म पुर्‍याएका थिए । त्यसमा पीएसजी बायर्नसँग १–० ले पराजित रहेको थियो ।

यस वर्ष च्याम्पियन्स लिगमा पीएसजीले आफ्नो पहिलो खेलमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ । फ्रेन्च लिग वानमा पीएसजी अहिले तेस्रो नम्बरमा छ ।