प्रधानमन्त्रीले भ्रष्टाचारीलाई जोगाए : दाहाल

माघ ०४, २०७७


प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई जोगाएको आरोप लगाइएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय युवा संघ नेपाल, केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध निकै राम्रो भनाइ अघि सारेर भ्रष्टाचारीलाई जोगाएको आरोप लगाएका छ

दाहालले भने, ‘उहाँ जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । उहाँ जे गर्नुहुन्छ, त्यो भन्नुहुन्न । उहाँले भ्रष्टाचारविरुद्ध ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न’ भन्ने प्रतिबद्धता गर्नुभयो । तर उहाँले भ्रष्टाचारीलाई जोगाएर जनतालाई मूर्ख बनाउनुभयो । यो आरोप उहाँलाई चुनौती भयो ।

त्यस्तै दाहालले सर्वोच्चमा भ्रष्टाचार मुद्दा चलाइएका व्यक्तिलाई प्रधानमन्त्रीले सफाइ दिँदै हिँडेको बताए । उनले भने, ‘सर्वोच्चमा मुद्दा चलाइएका व्यक्तिलाई किन सफाइ दिँदै हिँड्नुहुन्छ ? उनले ओलीबाट कुहिएको माल बेच्न राम्रो विज्ञापन गरिएको दाबी गरे।