के अतिप्रभावित क्षेत्रको सूचीमा चलचित्र पनि पर्ला त ?

साउन ०१, २०७७


कोरोना भाइरसका कारण अतिप्रभावित क्षेत्रको सूचीमा विभिन्न क्षेत्रलाई समावेश गरेपनि चलचित्र क्षेत्रलाई सरकारले समावेश गरेको छैन । चलचित्रकर्मीहरुले भने यो क्षेत्रलाई पनि अतिप्रभावित क्षेत्रमा राख्न माग गरिरहेका छन् ।

यसैविच, चलचित्रकर्मीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर चलचित्र क्षेत्रलाई अतिप्रभावित क्षेत्रमा राख्न अनुरोध गरेका छन् ।

चलचित्र क्षेत्रलाई तत्काल चलायमान बनाउन सहुलियतमा बैंकिङ कर्जा, कर्जा पूर्नतालिका, लकडाउन अवधीभरको ब्याजमा ५० प्रतिशत छुट, पुराना कर्जाको समयावधि लकडाउन पूर्णरुपमा खुलेपछि कम्तीमा ६ महिना थप लगायतका माग राख्दै चलचित्रकर्मीले गर्भनर अधिकारीसँग भेट गरेका हुन् ।

यस्तै, चलचित्रकर्मीहरुले चलचित्रलाई ५० प्रतिशत प्रोजेक्ट बैंक कर्जा उपलब्ध गराउन पनि माग गरेका छन् ।

गर्भनरसँगको भेटमा चलचित्रकर्मीहरुले कोभिडले उत्पन्न गरेको समस्या र समाधानको बिषयमा सुझाव दिदै अनुरोध पत्र पेश गरेका थिए ।