व्यवसायिको हितका लागि सधै तत्पर हुुन्छुु : अध्यक्ष चालिसे (अडियो सहित)

फागुन ०७, २०७७     सन्तोष केसी


तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राम प्रसाद चालिसेले व्यवसायिहरुको हितका लागि सधै तत्पर भएर अगाडि वढ्ने बताएका छन् । आफुले चुनाव लड्दा तयार पारेको घोषणापत्र बमोजिमका कार्य गर्दै अघि बढ्ने बताउदै उनले तुलसीपुर क्षेत्रका व्यवसायिहरुको व्यवसायिक समस्याहरुलाई निराकरणका लागि आफुले उ.वा.संघको तर्फबाट पहल गर्ने बताए । तुलसीपुर उद्योग वाणिज्य संघको हरेक गतिविधिलाई माथि उठाउन स्थानिय सरकार संग सहकार्य गरेर अघि बढ्ने समेत उनले बताए । व्यवसायिहरुबाट कर असुलेर ढाड सेक्ने काम भईरहेको भन्दै यसलाई न्यूूनिकरण गर्न स्थानिय सरकार संग पहल गर्ने उनले बताए । हरेक व्यवसायिहरुलाई कुनै स्वार्थ नराखेर काम गर्न आग्रह गर्दै उनले सवै व्यवसायिहरुसंग संगसंगै हातेमालो गर्दै अघि बढ्ने र सबैलाई सक्दो सहयोग गर्ने बताए । सम्पूर्ण कुराका सहकर्मी सन्तोष केसीसंग कुुरा गर्दै उनले कोरोना कहरले विस्थापित भएका व्यवसायिहरुलाई वैंकिङ राहत प्याकेजका लागि तुलसीपुर उद्योग वाणिज्य संघले पहल गरिदिने समेत बताए ।

सुुन्नुहोस सहकर्मी सन्तोष केसीले तुलसीपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राम प्रसाद चालिसेसंग गरेको पुरा कुराकानी

अन्तरवार्ता