पत्रकारिता पढ्ने विद्यार्थीलाई कोभिड-१९ छात्रवृत्ति दिने पोलिगन कलेजको घोषणा

फागुन १२, २०७७


पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त काठमाडौं बबरमहल स्थित पोलिगन कलेजले स्नातकोत्तर तहमा आमसंचार र पत्रकारिता पढ्न चाहने संचारकर्मीको लागि कोभिड —१९ छात्रवृति घोषणा गरेको छ ।

धेरै संचारकर्मीहरुले जागिर गुमाउनुपरेकोले र धेरैको आयमा कटौतीभएकोले उनीहरुको पढ्ने चाहनाबाट वञ्चित हुन नपरोस् भनेर छात्रवृति घोषणा गरिएको कलेजका प्रिन्सिपल अविरल थापाले जानकारी गराए । पढ्न चाहने सबैलाई ५० प्रतिशत र शुन्यआयभएका र पिछडिएका समुदाय वा वर्गकालाई समस्या पहिचानगरि शतप्रतिशत सम्म छात्रवृतिदिईने पनि उनले जानकारी दिए । त्यस्तै महिला संचारकर्मीहरुको पढाईमा अझ स्तरोन्नतिहोस र पढनेहरुको संख्या पनि बढोस् भन्ने हेतुले विशेष छात्रवृतिको व्यवस्था गरिएको छ ।

संचारकर्मीहरुले यही फागुन भरि यो छात्रवृति मार्फत २०२१ व्याचको लागिभर्ना गर्न सक्नेछन् । पोलिगन कलेजले सन् २०१० देखि स्नातकोत्तरमा र आगामी शैक्षिक सत्रदेखि स्नातक र पोष्ट ग्रयाजुएट डिप्लोमाकोर्ष पनि संचालनगर्ने तयारी गरिरहेको छ ।