केहि स्थानमा जोखिम छ भन्दैमा मुलुकभरका विद्यालय बन्द गर्न सिफारीस गर्नु उपयुक्त होइन’— केन्द्रिय अध्यक्ष सापकोटा

बैशाख ०४, २०७८


निजि तथा आवाशिय विद्यालयहरुको संगठन एन प्यावसन दाङको वाह्रौं साधारणसभा शनीवार तुलसीपुरमा सम्पन्न भएको छ । साधारणसभालाइ संबोधन गर्दै प्रमुख अतिथि तथा एन प्याव्सनका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले कोरोना भाइरसको दोस्रो चरणको लहर फैलिएसंगै स्वास्थ्य मन्त्रालयले सवै विद्यालयहरुलाइ बन्द गर्न सिफारीस गरेको स्मरण गर्दै उनले संक्रमणमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यार्थिहरुलाइ पठनपाठनको व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए । ‘वरु शिक्षा मन्त्रालयले भने अनुसार जहां संक्रमणको बढि जोखिम छ, त्यहांका विद्यालयमा मात्र पठन पाठन बन्द गर्नु उपयुक्त निर्णय हो, तर केहि स्थानमा जोखिम छ भन्दैमा मुलुकभरका विद्यालय बन्द गर्न सिफारीस गर्नु उपयुक्त होइन’—सापकोटाले भने । साथै विश्वव्याधी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले आफुहरुलाइ पनि प्रविधिमैत्री शिक्षामा तानिसकेको अभिव्यक्ति दिंदै अध्यक्ष सापकोटाले सामुदायिक विद्यालयहरुनै सवैभन्दा बढि अनलाइन शिक्षामा जोडिएको उल्लेख गरे । त्यसै अवसरमा उनले एन प्याव्सनमा आवद्ध सवै निजि विद्यालयहरुलाइ प्रविधिमैत्री शिक्षामा जोडिन पनि सन्चालकहरुलाइ आग्रह गरे । विद्यालय बन्द गरेर मात्र विद्यार्थिहरु सुरक्षित हुन नसक्ने भन्दै अध्यक्ष सावकोटाले वरु विद्यालय विदाका दिन विद्यार्थिहरु घुमफिर गर्ने पार्क, क्याफे, सार्वजनिक खेलमैदान, सडक भन्दा त विद्यालय परीषरनै सुरक्षित भएको बताए । विद्यालय गएका वालवालिकाहरुको सवैभन्दा बढि चिन्ता वालवालिकाका अभिभावक र त्यसपछि शिक्षक कर्मचारीलाइ हुने भएकाले निजि विद्यालयमा विद्यार्थिहरु सुरक्षित हुनेमा ढुक्का रहन पनि उनको आग्रह थियो । त्यसैगरी उनले शिक्षकहरुको बृत्ति विकाशकालागी विद्यालय सन्चालकहरुले विशेष ध्यान दिन पनि सुझाव दिएका थिए । सरकारले निजि विद्यालयहरुलाइ एक पछि अर्को गरी प्रहार गरीरहनु दुःखद भएको बताएका छन् ।
निजि विद्यालयहरुले मुलुकभरी कम्तिमा ३० लाख विद्यार्थिहरुलाइ अध्यापन गराइरहेको अवस्थामा निजि विद्यालयहरुको प्रबद्र्धन र विकाशमा सहयोग र सहकार्य गर्नुको साटो यो र त्यो वाहनामा निजि विद्यालयहरुलाइ अंकुश लगाउंदै आएको पनि अध्यक्ष सापकोटाको अभिव्यक्ति थियो । ‘शैक्षिक क्षेत्रमा सरकारले गर्दै आएको लगानीले समग्र शिक्षाको गुणस्तरीय विकाश संभव छैन, तर पनि सरकारले पटक पटक निजि विद्यालयहरुलाइ प्रहार गर्ने प्रयास जारी राखेको छ’— अध्यक्ष सापकोटाले भने । उनले निजि विद्यालयहरुलाइ प्रहारगर्नु भनेको यी विद्यालयहरुमा आश्रित ३० लाख विद्यार्थिका अभिभावकहरुमाथिको प्रहार भएको पनि उनको अभिव्यक्ति थियो ।
साधारणसभामा एन प्याव्सनका केन्द्रिय उपाध्यक्ष सुवोध कुमार डांगीले निजि विद्यालयहरुले उच्च सावधानी अपनाउंदै अध्यापन गराइरहेको भन्दै विद्यार्थिहरु असुरक्षित भएको भन्ने भ्रममा नपर्न पनि अभिभावकहरुलाइ आग्रह गरे । साथै उनले शिक्षाको धेरै अधिकार स्थानिय तहमा आइसकेको स्मरण गर्दै स्थानिय तहमा पाठ्यक्रम निर्माण लगायत आवस्यक मात्रामा ऐन कानुन समेत निर्माण गर्न नसकेको आरोप लगाए ।
नेश्नल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याव्सनका केन्द्रिय सचिव कुशुम रानाभाट, केन्द्रिय सदस्य प्रकाश कुमार शर्मा निवर्तमान अध्यक्ष भिम वहादुर बुढाथोकि, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एन प्याव्सन दाङका सचिव ठाकुर प्रसाद डांगीले गरेका थिए ।