विद्यालय बन्दहुने स्थितिमा सिकाईको सुनिश्चिता गरौ- सापकोटा

बैशाख ०५, २०७८



राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याव्सन)का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले विद्यालय बन्दहुने स्थितिमा सिकाईको सुनिश्चिता गर्नु पर्ने बताउनु भएको छ ।
विद्यार्थीहरुको ग्यारेन्टी सहित सिकाईको सुनिश्चिता गर्नुपर्ने सापकोटाले बताउनु भएको छ । रिपोट्स क्लब दाङले आईतबार तुलसीपुरमा आयोगजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनु भएको हो ।
सापकोटाले विद्यालयमा स्वास्थ्य मापदण्ड अपनायर भएपनी विद्यालय संचालन गर्नुपर्ने स्थानीय सरकार र विद्यालयका छाता संगठनको नेतृत्वमा विद्यालयमा अनुगम र अभिभावकलाई मापदण्डबार जानकारी गराउने बालबालीकाहरुलाइ स्वास्थ्य मापदण्ड अनिर्वाय अपनाउन आग्रह गुर्न भयो ।
देशमा कोभिड १९ले विद्यार्थीलाई परेको असले धेरै बर्षसम्म असर गर्ने बताउनु भयो कक्षा आठ देखि माथिका कक्षाहरुलाई बढी प्रभावित हुने बताउनु भयो ।
रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन लुम्विनी प्रदेश संयोजक सुर्बोध कुमार डाँगी, निर्वातमान अध्यक्ष भीम बहादुर बुढाथोकि, केन्द्रीय सदस्य प्रकाश शर्मा लगाएकाले बोल्नु भएको थियो ।
कार्यक्रमको संचालन महासचिब विमल गौतमले गर्नु भएको थियो ।