आधुनिक तिज , नाच्नलाई “डिजे” काफी

भदौ २४, २०७८     पूर्ण के.सी. (मुस्कान)


तीज पर्व नारीहरुको सौभाग्य र समृद्धिका निम्ति शिव र पार्वतीको उपासना र पुजा गर्ने पर्व को रुपमा लिइन्छ ।
विवाह भएर टाढा गएकी चेलीलाई माइतमा ल्याएर दरका रुपमा मिठो–मसिनो खान र राम्रो लाउन दिई पराईघरमा भएका अन्याय अत्याचार ज्यादतीलाई भण्डाफोर गर्ने संस्कृति बोकेको पर्व पनि हो तिज ।

चाडपर्वहरु मध्ये हरितालिका तीजलाई नेपाली महिलाहरुको महान पर्वको रुपमा लिइन्छ । भाद्र शुक्ल तृतिया तिथिका दिन मनाइने तीज पर्वले महिलाहरुको धर्म र संस्कृति बोकेको छ ।

आफ्ना पतीको दिर्घायु तथा परीवारजनको सुख समृद्धिको लागी व्रत बस्ने चलन पनि तिज पर्वको अर्को धार्मिक पाटो रहेको छ । तीज मनाउने शैली भड्किलो र खर्चिलो बन्दै गएको प्रति पुराना पुस्ताको चिन्ता पनि छ ।

देखासिकी गर्दै ऋण खाजेर कपडा र गर–गहना किनेर तीज पर्व मनाएका उदाहरण समाजमा ब्याप्त देखिन्छन । गर–गरहनाहरुको प्रतिस्प्रर्धामा उत्रिएर तिज पर्व मनाउने हो भने यसको पुरानो संस्कृति हराउदै जानेमा पनि पुराना पिढिको तर्क रहेको छ । यसरी देखासिकीको रुपले बिकृति निम्त्यायो भने गरीव महिलाहरुले यो पर्ब मनाउने भन्दा पनि कसरी छल्ने तर्फ चिन्तित बन्ने देखिन्छ । तर यो पटकको तिजमा खासै भड्किलो देखीएन । किन भने कोरोनाले महिलाहरुलाई घरभित्रै सिमित गरिदीयो ।

गित संगीतमा बिकृती

नेपाली संगीत क्षेत्रमा पछिल्लो समयमा वजारमा आएका गित नेपाली मौलिकता पन, नेपाली संस्कृति, भन्दा फरक तरिकाबाट तोड मोड हुदै नयाँ पन थपिदै आएका छन् । पछिल्लो पिडीका नयाँ कलाकारहरुले निकालेका सबै खाले गीतहरु नेपाली मौलिकपन नदेखिएको पुराना कलाकारहरुको भनाई छ ।
यो पटक पनि धेरै कलाकार विवादमा तानिए । कलाकारले गितमा छाडा शव्द प्रयोग गरे ? भनेर जनदबाब र आलोचना भएको थियो ।

गीत गाउने बाहनामा नयाँपन ल्याउन संस्कृतिलाई नै धरापमा लैजान नहुने धेरैको चिन्ता छ । तर बिगत केही वर्षहरू यता आधुनिकताको नाममा चाडलाई बिकृति बनाइदै छ ।

अहिलेको समाज परिर्वतनशिल छ । समाज परिर्वतनशिलतासँगै चाड पर्व र त्यसको महत्व भने कदापी फेरिदैन् । संस्कृतिको आफ्नै महत्व छ ।

पहिले पहिले तिजको बेला वर्षौ देखि टुटेका छुटेका साथी संगिनी भेट भएर नारी बेदनाले भरिएका गीतहरु गाएर मनाउने प्रचलन बिस्तारै इतिहास बन्न थालेको छ ।

अहिले तिजको दिन पनि यसरी जम्मा हुने प्रचलन पनि घट्न थालेको छ । कहि कतै जम्मा भएपनि गीत संगीत पनि फरक खालका गाउने डिजे बजाएर छमछमी नाच्ने अहिलेको चलन हो । मादल , बासुरी बजाउनेको कमि र सजिलो उपाय डिजे तिरै आकर्षक बढ्दो छ । अहिले पनि होटेलमा दर खाने चलन छ ।

यसोगर्नुले पनि सबैको चाख चाडपर्व प्रति घट्न थालेको छ । पछिल्लो समयमा तिज आउनु भन्दा पहिले विभिन्न पार्टी प्यालेस र चारतारे होटलमा दर खाने साउन्ड सिस्टम बजाएर नाच्ने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ ।

तिजको वास्तविक मर्म

तीजको अर्को मौलिक पक्ष भनेको दुःख, सुख र मनको वेदना पोख्ने गीतहरुमा पनि एउटा संस्कृति बोकेको छ । तर पछिल्लो समयमा नयाँ पुस्ताले बजारमा ल्याएका गीतहरुले उत्ताउला र सामाजिक सद्भाव बिथोल्ने खालका पनि देखिएका छन् ।

तीज भनेकोे गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने ठुलो अवसर हो । तर पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ ।

महिलाहरुलाई घरको विभिन्न जिम्मेवारी र तनावबाट केहि समयलाई भएपनि माइतिसंग समय बिताउने पर्वको रुप पनि हो । तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्ने गर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । यसको महिमा र मौलिकपन हराउदै गएको छ । लेखक चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका सचिब हुनुहुन्छ । लेखकको बारेमा थप जानकारी लिन तलको लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/purnakc19