लुम्बिनी प्रदेशसभा बैठक असोज १३ गतेसम्म स्थगित

असोज ०६, २०७८


असोज ६, लुम्बिनी प्रदेशसभाको असोज ७ गतेका लागि बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुनले मंगलबार जारी गरेको सूचनामा नवौं अधिवेशनको छैटौं बैठक असोज १३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जनाइएको छ ।

एमालेले गत भदौ १ गते बोलाइएको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै सदन अवरूद्ध गर्दै आएको छ । भदौ ३१ गते बोलाइएको बैठकमा पनि एमालेले अवरोध गरेको थियो । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले असोज ७ गतेसम्मका लागि स्थगित गरेका थिए । एमालेले सांसद अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेसम्म बैठक बस्न नदिने बताएको छ ।