“मञ्जिल”को च्यारेटी शो गरिने

कार्तिक ०८, २०७८


सन्देश शाहको एक्सन-कट रहेको  चलचित्र ‘मञ्जिल’ च्यारेटी शो हुने भएको छ । यही कार्तिक १३ गते घोराहीमा रहेको स्वर्गद्वारी चलचित्र हलमा चलचित्रको च्यारेटी हुने निर्माण टिमले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । अमर युनिक ईन्टरटेनमेन्ट प्रालिको पहिलो प्रस्तुति चलचित्र ‘मञ्जिल’ मा धिरेन शाक्य, सागर खनाल, एलिशा बास्तोला, शशी शर्मा मजगैयाँ, रोशी श्रेष्ठ, अमर घर्ती, निमा घर्ती, कविता घर्ती, विजया हमाल, प्रकाश थापा, सुभेष नेपाल, उजेश न्यौपाने, आयुष वली, लोकराज पराजुली, जीवा भुषाल, जगत दर्लामीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

लभस्टोरी जनरामा निर्माण भएको चलचित्र “मञ्जिल” दाङको धारापानी, बाह्रकुने, बंगलाचुली, अम्बेकेश्वरी, प्युठानको स्वर्गद्धारीलगायतका विभिन्न पर्यटकिय स्थलहरुमा छायांकन गरिएको निर्देशक शाहले बताएका छन् । अमर घर्ती ‘युनिक’ निर्माता रहेको चलचित्रमा कथा तथा स्कृप्ट माधव शर्मा छ भने संगीत ज्ञानेन्द्र गिरी र मदन खनालको रहेको छ । प्रोडक्सन म्यानेजर नारायण नेपाल रहेको चलचित्रको सह-निर्माता स्व.धनमती घर्ती र सह-निर्देशक महेश घर्तीमगर रहेका छन् ।

कोरियोग्राफरमा कमल भक्त, क्यामेरा चिफमा बाबु श्रेष्ठ, भिडियो मिक्सिङ सत्यम राना, साउण्ड मिक्सिङमा मुकेश शाह र चलचित्रको व्यागराउण्ड म्युजिक महेशविक्रम पाण्डेयको रहेको छ । चलचित्रको लागत ७० लाख बढी भइसकेको निर्माण टिमको भनाइ रहेको छ ।