चुनाव जिते तिनै तहका कर्मचारीको समान अस्तित्व कायम गर्न पहल गर्छु : केन्द्रिय सदस्य पदका उम्मेद्वार दिपक गौतम

फागुन २१, २०७८     सम्पूर्ण कुरा



स्थानिय तहका कर्मचारीहरुको हकहितका लागि आवाज उठाउदै गरेका कर्मचारीका रुपमा परिचित नाम हो दिपक गौतम । उनी विशेषगरी लोक सेवा आयोगको विज्ञापन वाट स्थानिय तहमा सिफारीस भएका कर्मचारीलाई राज्यस्तरबाट गरिएको भेदभावका लागि खरो रुपमा उत्रिँदै आएका छन् । उनै गौतम सहित अन्य कर्मचारीको सक्रियतामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पनि भएको छ । उनै गौतमले स्थानिय तहका कर्मचारीको वृत्ति विकासका लागि थप सहयोग पुग्ने आशा राख्दै नेपाल निजामती कर्मचारी युनियनको आठौ महाधिवेशनमा केन्द्रिय सदस्यको रुपमा आफ्नो उम्मेद्धारी दिएका छन् । उनले स्थानिय तहका कर्मचारीलाई अंकुश लगाउने र राज्यले गर्ने व्यवहार परिवर्तन नभए सम्मका लागि आफु निरन्तर लडिरहने र त्यसविरुद्ध आवाज उठाइरहने बताएका छन् ।
उनले लोक सेवा आयोगले स्थानीय तहमा सिफारिस गरेका कर्मचारीको वृत्ति विकासमा कुनै पनि टुंगो नलागेकाले यसलाई पार लगाउन युनियनमा आफुले उम्मेदवारी दिएको बताएका छन् । साथै तिनै तहका कर्मचारीहरुको समान अस्तित्व कायम गर्न आफु विगत देखि नै लागिरहेकाले युनियनको नेतृत्वमा आए यसलाई झनै संस्थागत गरी अघि बढाउन सजिलो हुने उनले बताए । उनले सबै तहका कर्मचारीहरुको समान अस्तित्वका लागि आफु निरन्तर लडिरहने पनि बताए । आफुले केन्द्रिय सदस्यमा उम्मेद्धारी दिएकाले सबै जनाले आफ्नो अमूल्य मत दिएर विजय बनाउन पनि उनले सबैमा आग्रह गरेका छन् ।