फिल्म खेल्दै कमेडी च्याम्पियन विजेता हिमेश

चैत १५, २०७८


कमेडी च्याम्पियन पहिलो सिजनका विजेता हिमेश पन्त फिल्म अभिनयमा देखिने भएका छन् । उनी ‘वरवधु’ फिल्म मार्फत अभिनयमा डेब्यु गर्न लागेका हुन् । ‘वरवधु’ मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्म हो । हिमेशसँग फिल्म अभिनयको बिषयमा निर्देशक चाम्सले हालै सम्झौता भएको सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

हिमेश फिल्ममा गैरआवासीय नेपाली (एनआरएन)को भूमिकामा देखिने बताइएको छ । बैशाखको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म रोमानिया र टर्कीमा छायांकन हुनेछ ।
एलआर इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा हिमेशको अलवा आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बुद्धि तामाङ, विजय लामा लगायतको अभिनय रहने छ ।