सानिमा बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत पद्मोदयमा चिसो–तातो पानीको धारा जडान
भदौ १७, सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सुविधाका लागि चिसो तथा तातो पानी पिउने धारा जडान गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहज रूपमा स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले चिसो–तातो पानीको धारा जडान गरिएको सानिमा बैंक घोराही शाखाका प्रबन्ध निर्देशक प्रनिल भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैंकले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ । विद्यालयमा विद्यार्थीको दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त धारा जडान गरिएको उहाँले बताउनुभयो । सानिमा बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरूमा सहयोग गर्दै आएको छ ।








