बहुप्रतीक्षित ‘कबड्डी ५’ को टिजर सार्वजनिक, कात्तिक ६ मा रिलिज हुने

४ मिनेट अगाडि


नेपाली चलचित्रको सबैभन्दा रुचाइएको सिरिज ‘कबड्डी’ को पाँचौं भाग ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को आधिकारिक टिजर सार्वजनिक भएको छ ।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले ‘कबड्डी ४ : द फाइनल म्याच’ पछि काजी र उसका साथीहरूको कथा कहाँ पुग्छ भन्ने उत्सुकतालाई अझ बढाएको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको यो चलचित्र कात्तिक ६ गतेदेखि नेपालभरका हलमा प्रदर्शनमा आउने भएको छ । यसअघि सार्वजनिक फर्स्टलुक मार्फत प्रदर्शन मिति घोषणा गरिएको थियो ।

‘कबड्डी’ शृङ्खलाको यस पाँचौँ भागमा दर्शकका प्रिय पात्रहरू फर्किएका छन् – दयाहाङ राई ‘काजी’, विजय बराल ‘बीके’ र बुद्धि तामाङ ‘छन्त्याल’ को भूमिकामा रहेको छन ।

उनीहरूसँगै विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

टिजरले नै दर्शकमा ठूलो उत्साह थपेको छ । अब हेर्न बाँकी छ – काजीको प्रेम र जिन्दगीले कस्तो मोड लिन्छ ।