प्रदेश र संघीय निर्वाचनको तयारीमा जुट्नुस : महामन्त्री थापा
जेठ ११, २०७९
जेठ ११, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश सभा र संघीय चुनावको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । मंसिर वा फागुन कहिले चुनाव गर्ने भन्ने केही दिनमा सरकारले निर्णय गर्ने भन्दै उनले अब आमचुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका हुन ।
आमचुनावको तयारीमा जुट्नुस हामीसँग समय धेरै छैन, भक्तपुरमा आज आयोजित कार्यक्रममा थापाले भने, उम्मेदवार छनौट गर्दा लोकप्रिय उम्मेदवार छान्नुपर्छ, पहिले कमजोरी भएका छन भने सच्याउनुपर्छ । उनले स्थानीय चुनावबाट कांग्रेसले धेरै सिट जितेको मात्र नभई मत पनि बढेको बताए । उनले कांग्रेसबाट उम्मेदवार भई स्थानीय चुनाव जितेकाहरूलाई प्रशिक्षण दिने पनि बताए । उहाँहरूलाई प्रशिक्षण दिन्छौं र निरन्तर मूल्यांकन गरिन्छ, उनले भने ।







