डेंगुको जोखिम बढ्दै, सतर्कता अपनाउन चिकित्सकको आग्रह

भदौ २४, २०७९


काठमाडौँ, २४ भदौ ।

डेंगुको रोगको जोखिम दैनिक बढ्दै, गएपछि चिकित्सकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६ हजार ७०७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ। यो संख्या अझै बढ्नसक्ने चिकित्सकहरुको अनुमान छ ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले संक्रमित डेंगु सक सिन्ड्रम भएर मृत्युसम्म पुग्ने बताउँभयो । जटिल लक्षण भएका बिरामीको फोक्सो वा पेटमा पानी देखीने भएकाले जटिल लक्षण देखिएको अवस्थामा तुरून्तै अस्पताल जान चिकित्सक डा. पुनले आग्रह गर्नुभयो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोगबाट बच्ने एकमात्र उपाय रहेको उहाँको भनाइ छ । यसका साथै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरू आउने अरूचि हुने जोर्नी तथा मांसपेशीहरू बेस्सरी दुख्ने, पेट तथा आन्द्रामा गडबडी आउँने र केही बिरामीमा सुरूमै शरीरभरि खटिरा आउने लक्षण देखीएमा तुरुन्तै अस्पतान जानुपर्ने उहाँको सुझाब रहेको छ । डेंगु रोकथामका लागि सरकारले ‘लार्भा खोज र नष्ट अभियान’ अघि बढाएको छ । लामखुट्टे नियन्त्रणका लागि सरकारले विशेष पहलकदमी चाल्नुपर्ने र सचेतना अभियानलाई तिव्र बनाउनुपर्ने सरोकारवालाको सुझाव छ।