भारतसँगकाे खेलमा नेपाललाई पहिलाे हाफमा १ गाेलकाे अग्रता

भदौ ३१, २०७९


काठमाण्डाै – साफ महिला च्याम्पियनिशप अन्तर्गत दाेस्राे सेमिफाइनल खेलमा नेपालले भारतसँगकाे खेलमा पहिलाे हाफमा एक गाेलकाे अग्रता लिएकाे छ ।

नेपालले पहिलाे हाफकाे इन्ज्युरी समयमा गाेल गरेकाे हाे । नेपालका लागि रश्मीकुमारी घिसिङले गाेल गरिन् । घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।   

यसअघि आजै भएकाे पहिलाे सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गाेलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेकाे छ । अब नेपाल–भारतबीचकाे खेलकाे विजेताले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ ।