चुनावमा सेना परिचालन गर्न स्वीकृती

असोज ०९, २०७९


काठमाडौं ९असोज ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरको चुनावमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् ।

‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।