इन्डियन आइडल १३ मा पुगिन् फाल्गुनी, नेहाले एपिसोड प्रोमोट गर्न मानिनन्

असोज १२, २०७९


बलिउड गायिका नेहा कक्कड आजकाल आफ्नो रिमेक्स गीत ‘ओ सजना’ का लागि चर्चामा छिन् । फाल्गुनी पाठकको गीत ‘मेने पायल हे छनकाई’ लाई नेहाले रिक्रियट गरेसँगै यी दुईबीच वाक् युद्धजस्तो माहौल छ । प्रयोगकर्तालाई पनि यो गीतको रिमिक्स खासै मन परेन । उनीहरुले नेहा कक्कडका लागि निकै खराब शब्द प्रयोग गरिरहेका छन् । उनलाई बेस्सरी ट्रोल गरिरहेका छन् । फाल्गुनीले पनि आफ्नो यो गीतका लागि निकै खराब प्रतिक्रिया दिएकी छिन् ।

यी सबका बीच यो सप्ताहन्तमा फाल्गुनी पाठक सिंगिङ रियालिटी शो ‘इन्डियन आइडल १३’ मा पाहुनाको रुपमा आएकी थिइन् । नेहा कक्कडले फाल्गुनी पाठकको निकै राम्रो परिचय पनि दिएकी थिइन् । यो एपिसोडमा सबैजनाले निकै रमाइलोसमेत गरे । अब नेहा कक्कडले यो एपिसोड प्रोमोट गर्न अस्वीकार गरेकी छिन् ।

फाल्गुनी नेहासँग रिसाएकी छिन्

फाल्गुनी पाठकले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘मलाई म्युजिकको राइट्सबारे कुनै जानकारी छैन । यदि मलाई थाहा भएको भए म नेहा कक्कडविरुद्ध कानुनी उपचार पक्कै पनि लिन्थेँ । उनले ओरिजिनल गीतको रिमिक्स बनाएर यसलाई खराब पारिएको छ । यो असाध्यै नराम्रो छ । ’

नयाँ गीतका कम्पोजर तनिष्क बाग्ची हुन् । यी सबैका बीच जब नेहा कक्कड र फाल्गुनी पाठक एउटै मञ्चमा आएको कुरालाई धेरैले पब्लिसिटी स्टन्ट बताएका छन्। । तर वास्तविकता योभन्दा फरक छ ।