दाङमा एम्बुलेन्स दुर्घटना, चालक गम्भीर घाईते

असोज १३, २०७९


दाङ, १३ अजोस । 

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १७ निवासी ३४ वर्षीय भुप बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

डिएसपी गौतमका अनुसार बिहीबार बिहान रोल्पाको होलेरीबाट दाङ तर्फ आउँदै गरेको रा १ च ६९२ नम्बरको एम्बुलेन्स घोराही उपमहानगरपालिका १९ च्यानगैरामा सडक देखि करिब २० मिटर तल खसेर दुर्घटना  भएको हो । दुर्घटनामा परी घाइते भएका चालकको टाउँको, हात, खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । एम्बुलेन्समा चालक मात्रै भएकाले अन्य मानविय क्षती नभएको डिएसपी गौतमले बताउनुभयो । घाइते चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको प्रहरीले बताएको छ ।