निजामती कर्मचारी युनियन दंगीशरणको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज १४, २०७९


प्रमोद आचार्य । असोज १४, “रास्ट्रसेवा ,निष्पक्षता, तटस्थता र कर्मचारी एकता” भन्ने मुल नारासहित नेपाल निजामती कर्मचारी युनियन दंगीशरणले दशै विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । निजामती कर्मचारी युनियन दंगीशरणका अध्यक्ष टेक बहादुर खत्रीको शभापतित्व, गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता, गाउँपालिका उपाध्यक्ष पिमा खड्का प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिको बिशिस्ट आथित्यतामा शुभकामना विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गिरीले कर्मचारीहरुको हक हितका लागि निजामती कर्मचारी युनियन सकृयका साथ लाग्न आग्रह गर्नुभयो ।यस्तै कर्मचारीहरु कर्तव्य पालनामा कत्ति पनि बिचलित नभएर लाग्न निर्देशन दिनुभयो । यस्तै उपाध्यक्ष पिमा खड्काले सस्था बचाउन र पालिकालाइ कसरि समृद्धि बनाउन सकिन्छ भन्ने कुरामा आफुहरु सधै ईमानदार रहेको बताउनुभयो । आफुहरु सम्यम र सहनसिलताका साथ बिकाश निर्माणको सवालमा अगाडि बढिसकेकाले कसैले खुट्टा तान्न खोज्दैमा आफु बिचलित नहुने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलिले निति निर्माण र प्रशासनिक काम कुराहारुमा कर्मचारीहरु सदैब प्रतिबद्धका साथ अगाडि बढ्ने र कर्मचारीहरुको समस्या समाधान गर्न र पालिकालाइ सबल र अब्बल तवरले अगाडि बढाउन आफु अहोरात्र खटिने बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा अनेत्र बाट सरुवा भएर आएका कर्मचारी,नब नियुक्त कर्मचारीहरुलाइ स्वागत तथा सम्मान समेत गरीएको थियो । कार्यक्रममा वडा न १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरी, वडा न.६ का वडा अध्यक्ष रोशन जङ शाह लगायतले शुभकामना मन्यब्य प्रस्तुत गर्नुभएको थियो । निजामती कर्मचारी युनियन दंगीशरणका सचिब बालकृष्ण भण्डारीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण युनियन पालिका उपाध्यक्ष उमा केसिले गर्नु भएकोथियो ।