पुष्प र साम्राज्ञी स्टारर ‘तिम्रो मेरो साथ’को अफिसियल पोस्टरमा सार्वजनिक,फिल्म पुस २९ गतेबाट प्रदर्शन हुने

कार्तिक ०६, २०७९


काठमाडौं । पुष्प खड्का र साम्राज्ञी आरएल शाह स्टारर फिल्म ‘तिम्रो मेरो साथ’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । आइतबार  सार्वजनिक पोस्टरमा साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।

रमेश एमके पौडेलको डेब्यु निर्देशित फिल्म ‘तिम्रो मेरो साथ’ आगामी पुस २९ गते रिलिजको तयारीमा छ । पौडेलले यसअघि रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्ती लगायत फिल्म निर्माण गरेका छन् ।

फिल्ममा सन्दीप क्षेत्री, खड्कबहादुर पुनमगर (खबपु), इमिली लामा, सरोज खनाल, ध्रुव दत्त लगायतको पनि अभिनय रहेको छ । आर्यन फिल्म्स तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा पासाङ लामा र सहनिर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली छन् । फिल्ममा सबीर श्रेष्ठको लेखन र शिव ढकालको छायांकन रहेको छ ।

स्मरण रहोस् फिल्मको पहिलो गीत सोमबार दिउँसो सार्वजनिक हुँदैछ।