‘नम्बरी सुन’ मा नम्रताको इन्ट्री

मङि्सर ०२, २०७९


राजु गिरीको निर्देशन रहने फिल्म ‘नम्बरी सुन’ मा अभिनेत्री नम्रता सापकोट अनुबन्धित भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अभिनय गर्ने गरेर नम्रतासँग शुक्रबार सम्झौता गरेको हो ।

‘अन्तराल’ बाट अभिनयमा डेब्यु गरेकी नम्रताले थप्नै फिल्म अभिनय गरिसकेकी छन् । म्युजिक भिडियोमा समेत लगातार देखिँदै आएकी नम्रता फिल्मको भूमिकामा सुहाउने भएकाले लिएको निर्देशक राजु गिरीले बताए ।

फिल्म ‘नम्बरी सुन’ निर्देशक गिरीले झन्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा बनाउन लागेका हुन् । मंसिरको ७ गतेबाट छायांकन सुरु हुने फिल्ममा अभिनेता आमेस भण्डारी केही अगाडि भित्रिएका थिए ।

लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंमा यो फिल्मको छायांकन हुनेछ । सुवर्ण शिभान्स फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता, निर्माता, गीतकार र कथाकार नारायण खाती हुन् । फिल्ममा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।