निर्माता राईद्धारा विद्यार्थी र स्थानीयलाई न्यानो कपडा वितरण

काठमाडौं,
पुस १३ ।
अनुग्रह ज्वेलर्स यूकेका प्रवन्ध निर्देशक तथा चलचित्र निर्माता सुमन राईले खोटाङको एउटा विद्यालयका विद्यार्थीहरूलाई साथै स्थानीय वृद्धहरुलाई जाडो छेकने २५० थान ज्याकेट सामग्रीहरू प्रदान गर्नुभएको छ ।
‘हामीले अनुग्रह फाउण्डेसनमार्फत प्रत्येक वर्ष समाज कल्याणका विभिन्न कृयाकलापहरू गर्दै आइरहेको छौ यो जाडोमा पनि न्यानो कपडा प्रदान गरेका हौं’, राईले भन्नुभयो ।
यस्तै सामाग्री वितरण कार्यक्रममा बोल्दै “आफू जन्मेको गाऊँ, ठाऊ, विद्यालय जहाँ रहे पनी बिर्सन नसकिदो रहेछ । कहिले काही भाबुक हुने गरछु,निर्माता राईले बताए ।

उनले अनुग्रह फ़ाउडेसन मार्फ़त स्कूलका नानीहरुलाई उपहार वितरण गर्न पाउँदा खुशी लागेको बताउँदै यस प्रकारको सहयोगलाई भविष्यमा निरन्तर लैजाने र उक्त क्षेत्रको शिक्षा क्षेत्रमा सानो टेवा पुर्याउने सदिच्छा राखेको पनि बताए ।